Friday, February 3, 2012

सम्पत्ति, सेक्स र अपराध

सम्पत्ति र सेक्स मानिसको उत्थान र पतनसँग अभिन्न रूपले जोडिएका शब्द हुन। यी दुई शब्दको सन्तुलित प्रयोग हुन सकेन भने मानिस पाप र अपराधको दलदलमा फस्छ। डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको जघन्य अपराध गरेका छन् भने आधुनिक संस्कारमा ढालिएकी उनकी सुन्दर पत्नी गीताले सुन्दर जीवन गुमाएकी छिन्। रञ्जन र गीताका बीच खेल सम्पत्तिको मात्रै थिएन। विवाहपछिको अतिरिक्त सेक्स सम्बन्ध यो हत्याको प्रमुख कारण थियो। गीता-रञ्जनको जीवनका अहिलेसम्म नखुलेका पानाहरूबाट केपी ढुंगानाको रिपोर्ट :

देशमा कहिलेकाहीँ अचम्मलाग्दा घटना हुन्छन। यस्तै घटना भयो राजधानीमा। अपराध मनोविज्ञानमा अमेरिकाबाट पढेर आएका र अपराध अनुसन्धानमा अनुभवी मानिएका एकजना उच्च प्रहरी अधिकृतले आफ्नै पत्नीको हत्या गरे। यो पाशविक र बर्बर घटनाले पूरै देश हल्लियो। पतिले पत्नी मारेको अथवा पत्नीले पति मारेको यो नै पहिलो घटना थिएन। तर, यो हत्याले काठमाडौंको तनाव र दबाबपूर्ण मध्यवर्गीय जीवनको खोक्रो आडम्बरलाई उदांग पारिदियो। डिआइजीपी रञ्जन कोइराला र उनकी पत्नी गीताका बीच सम्बन्ध सुमधुर थियो। दुई होनहार सन्तान, प्रहरीको रवाफिलो जागिर, प्रशस्त सम्पत्ति, नपुग केही थिएन।

Thursday, February 2, 2012

३३ प्रतिशत.....

 आन्दोलनरत १३ विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग बिहीबार भएको वार्तामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी र विपन्न परिवारलाई ग्यास र मट्टितेलमा ३३ प्रतिशत छुट दिने प्रतिवद्धता त जनाए तर यो कार्य कतिको Practical छ त भन्ने कुरा न प्रधानमन्त्रिलाई न त ज्ञान भयो न त ज्ञान हुनु जरुरि नै रह्यो | यहाँ गाडीमा ५ रूप्पे छुट हुँदा त नक्कली कार्ड बनाएर गाडी चढ्नेहरु प्रसस्त छन् भने झन् ग्याँसमा ३३% छुट पाउन थालेपछि के होला ??

उसै त ६० नाघेका बाजे बज्यैहरुले पनि कार्ड देखाउछन भन्न थालेका छन् खलासिहरु | अब उनीहरुको कुरालाई मान्ने हो भने त सबैले नै बिद्यार्थीको कार्ड बोकेर ग्याँस किन्न जान्छन | सोच्नुहोला कसरि त?? ए बाबा ! यसो बिद्यार्थी नेताहरुलाई चिन्नु मात्रै पर्छ त्यस्ता जब कार्ड त कति आउछन कति |
यस्तै प्रधानमन्त्री भट्टराईले किसानहरुलाई डिजेलमा पनि सहुलियत दिने बताएका छन । प्रधानमन्त्रीको प्रतिवद्धतापछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।